साल्ट ट्रेडिङको कम्प्लेक्समा आगलागी

साल्ट ट्रेडिङको कम्प्लेक्समा आगलागी

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय धनगढीको व्यापारिक कम्प्लेक्समा आगो लागेको छ । धनगढी बसपार्कस्थित मेन रोडमा रहेको कम्प्लेक्सको पाथीभरा इम्पोरियममा मध्यान्हको समयमा आगलागी भएको बताइएको छ ।

उक्त इम्पोरियममा जुत्ता पसल थियो । आगलागीबाट उक्त पसलका जुता चप्पल सबै जलेका छन् भने वरपरका पसलसमेत आगलागीबाट जलेका छन् । 

कम्प्लेक्सको भुईंतलामा पसलहरु र पहिलो तलामा कार्यालय छ ।
 

टिप्पणीहरू