पानीजहाज पुलमा ठोक्किँदा दुई जना बिते, तीन बेपत्ता

पानीजहाज पुलमा ठोक्किँदा दुई जना बिते, तीन बेपत्ता भिडियो : सिन्ह्वा ।
सुन्नुहोस्

दक्षिणी चीनको क्वाङ्चौमा भएको पानी जहाज दुर्घटनामा दुई जनाको निधन भएको छ । पानी जहाज पुलमा ठोक्किँदा तीन जना हराएको बताइएको छ ।

फोसान शहरबाट ग्वाङ्चौतर्फ गइरहेको पानी जहाज स्थानीय पुलमा स्थानीय समअ अनुसार बिहान साढे ५ बजे ठोक्किएको थियो । होङ्ली जलमार्गमा बनाइएको पुलमा पानी जहाज ठोक्किएपछि पुलको एउटा भाग भत्किएको छ ।

मालवाहक तर रित्तो उक्त जहाज ठोक्किएपछि पुलबाट आवतजावत रोकिएको छ । उक्त दुर्घटनाको समयमा पुलबाट गुडिरहेका चार वटा चारपाङ्ग्रे सवारी साधन र एउटा विद्युतीय मोटरसाइकल जलमार्गमा खसेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

भिडियो : सिन्ह्वा ।

 

टिप्पणीहरू