कृषि विकास बैंक र उड्डयन प्राधिकरणमा जागिरको अवसर

कृषि विकास बैंक र उड्डयन प्राधिकरणमा जागिरको अवसर

सरकारी स्वामित्वको कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी नियुक्त गर्न लागेको छ । आज सूचना प्रकाशित गर्दै बैंकले  स्थायी पदपूर्तिका लागि शाखा प्रमुखसहित विभिन्न पदमा ११२ जनाका लागि दरखास्त मागेको हो । 

सूचनामा शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, व्यवसाय अधिकृत, कम्प्युटर अधिकृत, इन्जिनियर आईटी, कर्जा अधिकृत, व्यवसाय सहायक, कानून सहायक, कर्जा सहायक, ओभरसियर र लेखापाल मागिएको छ । 

खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गरिने उक्त पदहरुमा योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि स्थायी सेवामा कर्मचारी मागेको छ । प्राधिकरणले उपनिर्देशकसहित विभिन्न पदमा ७६ जना कर्मचारी माग गरेको हो । 

सूचनामा उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक आवश्यक रहेको जनाइएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्ति गरिने उक्त पदहरुमा पनि तोकिएको योग्यता र मापदण्डभित्र पर्नेहरुले दरखास्त दिनसक्ने जनाइएको छ । 

दरखास्त दिने म्याद आजदेखि चैत १ गतेसम्म तोकिएको छ ।
 

टिप्पणीहरू