पतिलाई कसेर, पत्नीलाई पद

पतिलाई कसेर, पत्नीलाई पद

एकजना बयोवृद्ध नेतालाई अंकुश लगाउँदै भनिएको छ, ‘चाहिँदो कुरामात्रै बोल्नुहोला !’

साइजभन्दा ज्यादै ठूलो भाग चाहिने, त्यसमाथि विद्यमान व्यवस्थाविरुद्ध पनि बोल्नुपर्ने मसाल नेता मोहनविक्रम सिंहलाई आफ्नो बोलिमा लगाम लगाउने शर्तसहित पत्नी दुर्गा पौडेललाई छिट्टै नै मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित गरिँदैछ । यसरी मोहनविक्रमको बोलिमा लगाम लगाउनेबारे छलफल चलेको हो, समाजवादी मोर्चाको बैठकमा ।

लगाम लाग्नुपर्नेचाहिँ संघीयविरोधी अभिव्यक्तिमा हो ! उहाँ र उहाँको पार्टीका नेताहरू निरन्तर संघीयताविरुद्ध बोलिरहने, तर त्यसअन्तर्गतका अवसरचाहिँ चाहिने भएपछि मोर्चाको बैठकमा लगाम लगाउनुपर्ने कुरा उठेको बुझिएको छ । किनभने, मोर्चाको आधारभूत राजनीतिक मान्यता नै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने हो । यसरी आधारभूत मान्यतामै नअडिने भए उक्त पार्टी र त्यसका पनि मूलनेताकी पत्नीलाई राष्ट्रियसभामा कसरी लैजाने ? यस्तो प्रश्न उठेको छ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले नै ‘गुरु’ मानिसकेपछि उहाँका माग र चाहनामा कुनै बन्देज लाग्ने कुरै भएन । त्यसो त जनमोर्चामा दुर्गाबाहेकका महिला नभएका हैनन् । त्यसमाथि राष्ट्रियसभा सदस्य बन्नका निम्ति योग्यता पुगेका विज्ञ उक्त पार्टीमा अरु पनि छन् । तर, ‘बूढो मन लोभी हुन्छ’ भनेजस्तो जीवनको उत्तराद्र्धमा उहाँ पत्नीका निम्ति नै बल गरिरहनुभएको छ । तर, समाजवादी मोर्चामा एमालेलाई भिœयाउने कुरा भने भएको थिएन । 

मोर्चाको बैठकमा चर्चा चलेको छ– चार वर्षपछिको चुनावमा कांग्रेस कुन स्थितिमा रहला ? शेरबहादुर बलियो भएर जाने कि गगन–शेखरले तानेर आफू शक्तिशाली हुने भन्ने कांग्रेसभित्र आज चलिरहेको द्वन्द्व हो । आगामी निर्वाचनमा शेरबहादुर आफैं नउठ्ने, कमजोरलाई उठाएर आफू हावी हुने खेलमा लाग्ने नेताहरूको ठहर थियो ।
 

टिप्पणीहरू