राजमार्गमा फेला पारिएको बिस्फोटक पदार्थ सेनालाई हस्तान्तरण

राजमार्गमा फेला पारिएको बिस्फोटक पदार्थ सेनालाई हस्तान्तरण

सशस्त्र प्रहरी बल नेपालले सप्तरीमा आठ थान डेटोनेटर फेला पारेको छ । अग्निसाइर कृष्णासरवन गाउँपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा उक्त परिमाणको बिस्फोटक पदार्थ फेला परेको बताइएको छ ।

फेला पारिएको बिस्फोटक पदार्थ नेपाल प्रहरी, सशस्त्र, स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाली सेनाको कृष्णदल गण, सुनसरीको टोलीलाई साँझ बुझाइएको छ । प्रमुख सेनानी अमित लामाको टोलीलाई डेटोनेर हस्तान्तरण गरिएको छ ।

उक्त स्थानमा सुरक्षा बेस क्याम्प सीतापुरबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको छ ।

टिप्पणीहरू