रविको वर्तमान र भविष्यवारे लालको बुझाइ

रविको वर्तमान र भविष्यवारे लालको बुझाइ

राजनीतिक विश्लेषक सिके लालले गृहमन्त्री रवि लामिछानेको राजनीतिक र चारित्रिक हैसियतमाथि निराशावादी टिप्पणी गरेका छन् ।

मंगलबार राति एभिन्यूज टेलिभिजनको कार्यक्रम 'सिधा प्रश्न'मा उनले रवि नेतृत्वको रास्वपालाई बैचारिक र राजनीतिक हिसाबले कमजोर समूहका रुपमा अर्थ्याएका हुन् । 

विश्लेषक लालले रास्वपालाई कुनै राष्ट्रिय सोच वा सिद्धान्त भएको पार्टी नभई चुनावका लागि खडा भएको स्वार्थ समूहका रुपमा चित्रित गरे । रवि र रास्वपाका नेताहरुले पहाडी भेगका शहरिया,व्यापारी, मुनाफाखोर र पैसावालहरुको हितमा बोल्ने र त्यहाँका मतदातालाई आफूतिर तान्न चर्को स्वरले आवाज निकाल्ने गरेको उको आशय थियो । 

रवि चरित्रको विश्लेषण गर्दै उनले शहरी मतदातालाई प्रभाव पार्न सक्ने,व्यापारीको हित हेर्ने,साना बचतकर्ता फाइनान्स चलाउनेको सुरक्षामा लाग्ने,ढुकुटी चलाउनेको लाभमा बोल्ने,बैंकका सञ्चालक,मोटर एजेन्सी सञ्चालन गर्नेको हितमा बोल्ने र गृह प्रशासनबाट उनीहरुलाई सुविधा तथा सुरक्षा दिनेजस्ता ठाउँमा भूमिका सीमित बनाएको दावी गरे । 

रास्वपामा चरम नेतृत्व संकट देखिएको र रविले अरु नेतालाई सहकर्मी नभई सहयोगीको भूमिकामा सीमित राखेको सिकेलालको बुझाई छ ।

यसैगरी उनले रास्वपाका अन्य नेताहरु र सिङ्गै नेतृत्व पंक्तिको भूमिका र चरित्रमाथि पनि कटाक्षपूर्ण टिप्पणी गरेका छन् । रास्वपामा चरम नेतृत्व संकट देखिएको र रविले अरु नेतालाई सहकर्मी नभई सहयोगीको भूमिकामा सीमित राखेको सिकेलालको बुझाई छ । 

रविको पार्टीसँग राष्ट्रिय एजेण्डा,देश चलाउने रुपरेखा र विचार, सिद्धान्त केही नभएको बताएका उनले राष्ट्रिय विकल्प दिन नसक्ने निष्कर्ष निकालेका छन् । रविलाई दिल्लीका मुख्यमन्त्री केजरीवालसँग तुलना गर्दै लालले भने - विगतमा राज्य सत्तामा पुगेपछि अरबिन्द केजरीवालले भारतमै क्रान्ति गर्छु भने । तर,जति फाइफुँइ गरेपनि आखिर उनी सानो ठाउँमा मात्र सीमित भएका छन् । कुनै प्रतिफल देखाउन सकेका  छैनन् । 

रवि गृहमन्त्री हुने कि नहुने रसाकस्सी चलिरहेको सन्दर्भको प्रश्नमा सिके लालले ओली खुशी भए सम्भव हुने विश्लेषण गरेका थिए । 'बालकोटबाट फाइलहरु ओके भएर आएपछि' रविको टेबुलमा पुग्ने उनको दावी थियो । रविले अस्ति उपप्रधानसहित गृहमन्त्रीको शपथ खाएसँगै सिकेको विश्लेषण मिलेको छ ।

टिप्पणीहरू