सम्बन्ध सुधार्दै एमाले र समाजवादी

सम्बन्ध सुधार्दै एमाले र समाजवादी

एमाले र उक्त पार्टीबाट विभाजित एकीकृत समाजवादीबीचको सम्बन्धमा सुधार आएको छ । 

आज शनिबार काठमाडौंको जहरसिंह पौवामा अनेमसंघ (समाजवादी) ले आयोजना गरेको पिकनिकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा सकारात्मक टिप्पणी गरेबाट उक्त कुरा झल्किएको हो ।

नेपालले भन्नुभयो, 'हिजो राति केपी कमरेडले फोन गर्नुभयो । भन्नुभयो,पहिला तपाईं र मेरो सम्बन्ध सुधारौँ । अनि अरु कुरा सुध्रिदै जान्छ । उहाँले ठीक भन्नुभयो । राम्रो गर्नुभएको छ । राम्रो गरेकोलाई राम्रो भन्नुपर्छ।'

अहिले बाम एकताको कुरा अगाडि बढेकै कारण एकीकृत समाजवादी सरकारमा सामेल भएको उहाँको भनाइ थियो । नयाँ गठबन्धन बनाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त पार्टीलाई शुरूमा बेवास्ता गरेकोमा आजै बिहान पनि माफ मागेको उहाँले सुनाउनु भयो ।

'पटक पटक सरी भनिसकेपछि अब प्रचण्ड कमरेडले किन वास्ता गर्नुभएन भन्ने कुरा पनि गर्नुहुँदैन', नेपालले भन्नुभयो, 'अब जे हुन्छ, राम्रो हुन्छ ।'

टिप्पणीहरू