सिटौलालाई जिताउन सक्ला त काङ्ग्रेसले ?
नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलालाई संसदीय दलमा नेताको जिम्मेवारी दिएको छ । सभापति तथा प्रतिनिधि सभामा संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई हिजो उक्त पदमा मनोनयन गर्नुभएको छ ।
सिटौला गत माघ अन्तिम साता सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट विजयी हुनुभएको थियो । माओवादीसहितको समर्थनमा उहाँलाई चुनावअघि राष्ट्रिय सभाको आगामी अध्यक्षको रुपमा अघि सारिएको थियो ।
गत सोमबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेससँगको गठबन्धन परिवर्तन गरेर एमाले, रास्वपा,एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धनमा जोडिनुभएको छ । बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसका उम्मेदवार अध्यक्ष हुने सम्भावना कम देखिन्छ ।
नेपाली काँग्रेसले अध्यक्षको निर्वाचनमा भाग लिने जनाए पनि उम्मेदवार तोकिसकेको छैन । राष्ट्रिय सभाको आजको बैठकले निर्वाचनको मिति तोक्दै छ ।
टिप्पणीहरू