दर्ता नभएका औषधि बिक्रीवितरण गर्नेलाई कारबाही

दर्ता नभएका औषधि बिक्रीवितरण गर्नेलाई कारबाही

औषधि व्यवस्था विभागले दर्ता भएका औषधि मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ । बजार अनुगमनको क्रममा कतिपय थोक तथा खुद्रा औषधि पसलबाट विभागमा दर्ता नभएका औषधिहरु बिक्रीवितरण गरिएको पाइएकाले उक्त निर्देशन दिइएको बताइएको छ ।

विभागले बजार निरीक्षण गर्दा दर्ता नभएका फर्मास्युटिकल बनावटका खाद्यपुरकका नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशोधन सामग्रीका नाममा औषधि मिश्रित आइन्मेट, क्रिम आदि औषधिहरु थोक तथा खुद्रा औषधि पसलबाट बिक्रीवितरण गरेको भेटिएको बताएको छ । 

औषधि ऐन, २०३५ को दफा १० (क) बमोजिम सोही ऐनको दफा १० मा औषधि बिक्रीवितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्रीवितरण गर्नुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले यस्ता उत्पादनको बिक्रीवितरण गर्नेउपर कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्रीवितरण गरेको पाइएमा कानूनअनुसार जफत तथा कारबाही हुने व्यहोरा सबैमा जानकारी गराइन्छ

टिप्पणीहरू