निर्वाचनअघि सहमति, पाँच दलका नेताको हस्ताक्षर

निर्वाचनअघि सहमति, पाँच दलका नेताको हस्ताक्षर
सुन्नुहोस्

सत्ता गठबन्धनमा आवद्ध पाँच दलले आज फेरि नयाँ सहमति गरेका छन् । गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरण परिवर्तन गरेपछि चार दलको सहमति भएकोमा आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत दस्तखत गरेपछिको नयाँ सहमति सार्वजनिक गरिएको छ । 

सत्तारुढ गठबन्धनमा आवद्ध एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका अध्यक्षहरुले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपछि अहिले भइरहेको राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा माओवादी उम्मेदवारको पक्षमा मतदान गर्ने निश्चित भएको छ । 

त्यसैगरी भोलि प्रतिनिधिसभाको बैठकमा सत्तारुढ गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान गर्ने पहिलो बुँदामा उल्लेख छ ।

टिप्पणीहरू