शपथपछि नवनियुक्त अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

शपथपछि नवनियुक्त अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

नवनियुक्त राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

आज राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ ग्रहण गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित थिए । 

शपथ ग्रहणपछि लैनचौरस्थित सहिद स्मारक पुगेर माल्यार्पण गरी अध्यक्ष दाहालले आजै पदभार सम्हाल्नुभएको छ ।

राष्ट्रियसभा अध्यक्ष पदका लागि आज भएको निर्वाचनमा दाहाल ३९ मतसहित निर्वाचित हुनुभएको हो । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना मतदानमा सहभागी भएकोमा उहाँको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो ।

टिप्पणीहरू