लोग्ने स्वास्नीका कारण पार्टी फुट्ने भयो : रेशम चौधरी

लोग्ने स्वास्नीका कारण पार्टी फुट्ने भयो : रेशम चौधरी
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू र श्रीमतीका कारण पार्टीभित्र विवाद बढेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले लोग्नेस्वास्नीका कारण पार्टी डुब्न लागेको पनि बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीमा स्पष्ट रुपमा दुई धार देखिएको छ । संसदीय दलको नेतासमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन हिजै ह्विप जारी गरिसकेकी छन् । चौधरी समूहले विपक्षमा मतदान गर्ने विज्ञप्तिमा जानकारी गराएका छन् ।

चौधरीले सामाजिक सञ्जालमा लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने विषय उठाइएकाले आफूलाई चिन्ता लागेको लेखेका छन् । श्रीमतीलाई सम्झाउन नसकेको उल्लेख गर्दै भनेका छन्, ‘कसैलाई भोट नहालौं टण्टै साफ ।’

उनले केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गरिने चेतावनी दिएका छन् । श्रीमतीलाई सम्झाउन नसकेको पनि उल्लेख गरेका छन् । ‘कुरो रह्यो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् ।’ 

प्रधानमन्त्री प्रचण्डले आज ११ बजे बस्ने प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
 

टिप्पणीहरू