प्रधानमन्त्रीद्वारा राष्ट्रिय एकताका लागि आह्वान

प्रधानमन्त्रीद्वारा राष्ट्रिय एकताका लागि आह्वान
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधान र सम्भावना हासिलका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । 

विश्वासको मत लिनुअघि प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकता कायम गराउन आफूले भूमिका खेल्ने पनि जानकारी गराउनुभयो । 

'यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।'

टिप्पणीहरू