साझा न्यूनतम कार्यक्रमअघि प्रधानमन्त्रीको सम्बोधन

साझा न्यूनतम कार्यक्रमअघि प्रधानमन्त्रीको सम्बोधन

सत्ता गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्न लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बिहान १० बजे तोकिएको उक्त कार्यक्रम दिउँसो २ बजेलाई सारिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । उक्त कार्यक्रम कार्यदलले शनिबार नै नेताहरुलाई हस्तान्तरण गरेको थियो । 

कार्यदलमा सरकारमा सहभागी पाँच दलका दुई/दुई जना नेता थिए । एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल र जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनीष सुमन थिए । नेकपा(एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल कार्यदलमा थिए । 

प्रधानमन्त्री दाहाल प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिनुहुने बताइएको छ ।

टिप्पणीहरू