गृहमन्त्रीको नैतिकता खोज्दै सिंहदरबार अगाडि प्रदर्शन
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भात्री संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मातृ पार्टीले संसद तताईरहँदा नेविसंघका कार्यकर्ता आज सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारीले गृहमन्त्री लामिछानेको फोटोमा 'नैतिकता खोई?' लेखिएको प्लेकार्ड देखाएका छन् । त्यस्तै, रवि काकाले, सहकारी पीडितलाई च्वास्सै च्वासै', 'सहकारी पीडितलाई न्याय खै' लेखिएका व्यानर पनि देखाइएको छ ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
टिप्पणीहरू