बीमित बिरामीका लागि छुट्टै रिफिल काउण्टर, एकै लाइनबाट सेवा

बीमित बिरामीका लागि छुट्टै रिफिल काउण्टर, एकै लाइनबाट सेवा

स्वास्थ्य बीमा बोर्डले नियमित सेवन गर्ने औषधीका लागि छुट्टै रिफिल काउण्टरको स्थापना गर्न निर्देशन दिएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । 

त्यस्तै, बीमामा आबद्ध ज्येष्ठ नागरिकहरुका लागि छिटो छरितो रुपमा सेवा प्रदान गर्न हरेक मंगलबार जेरियाट्रिक क्लिनिक सञ्चालन गर्नसमेत बोर्डको आग्रह छ । बीमित बिरामीहरुका लागि छुट्टै लाइनको व्यवस्था हटाएर एकै लाइनबाट सेवा प्रदान गर्न पनि भनिएको छ । 

अहिले बीमा कार्ड देखाई सेवा प्रदान भइरहेकोमा अबदेखि नागरिक एप, एचआईबी प्रोफाइललगायतका डिजिटल कार्डबाट निर्माण हुने परिचयपत्रमा भएको क्युआर कोर्ड स्क्यान गरी सोबाट समेत सेवा उपलब्ध गराउन बोर्डको अनुरोध छ ।

टिप्पणीहरू