ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

दोलखामा भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

गौरीशंकर गाउँपालिका–५ सुरीबाट सिंगटीतर्फ जाँदै गरेको ट्रयाक्टर सामेली भोर्लेमा गएराति दुर्घटना भएको बताइएको छ ।

गौरीशंकर गाउँपालिका–५, तिनेखुका २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको निधन भएको छ । दुर्घटनामा १९ वर्षीय पेम्बा तामाङ गम्भीर घाइते भएका छन् ।

टिप्पणीहरू