मन्त्री चीन जानुअघि परराष्ट्र मन्त्रालयमा छलफल

मन्त्री चीन जानुअघि परराष्ट्र मन्त्रालयमा छलफल

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सचिवहरुसँग छलफल गर्नुभएको छ । उहाँ भोलि चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । 

परराष्ट्र मन्त्रालयमा गरिएको छलफलमा चीनसँग यसअघि भएका सम्झौता कार्यान्वयन अवस्थाको बारेमा जानकारी गराउन राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत विभिन्न मन्त्रालयका सचिव पुगेका थिए ।

चीन भ्रमणको क्रममा उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । आजको छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सिँचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी थिए ।

उनीहरुले मन्त्री श्रेष्ठलाई चिनियाँ अधिकारीहरुसँगको वार्तामा छलफल गर्न ऊर्जा, व्यापार, पर्यटन, कनेक्टिभिटी, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा सुझाव दिएको बताइएको छ ।
 

टिप्पणीहरू