एमालेले छान्यो इलाममा सुहाङ, बझाङमा दमन

एमालेले छान्यो इलाममा सुहाङ, बझाङमा दमन
सुन्नुहोस्

नेकपा एमालेले इलाम–२ मा हुने आगामी उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

सुहाङ संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् । एमाले पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट गत वर्षको निर्वाचनमा विजयी भएका थिए । उनको असोज २६ गते हृदयाघातबाट निधन भएको थियो । 

वैशाख १५ गते हुने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

आजको बैठकल केही समयअघि निलम्बित पार्टी केन्द्रीय सदस्य ऐन महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गरेको छ ।

टिप्पणीहरू