गृहमन्त्रीको चासोमा इजरायली राजदूतको चिन्ता

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले गत अक्टोबर ७ मा विद्रोही हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको खोजीबारे चासो राखेको बताइएको छ ।
प्रत्युत्तरमा राजदूत गोडरले विपिनको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको उल्लेख गरेका हुन् । भेटमा नेपाली विद्यार्थीका लागि इजरायलले उपलब्ध गराउँदै आएको छात्रवृत्तिबारे पनि छलफल भएको छ ।
त्यसैगरी कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत विषयमा पनि विचार विमर्श गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू