चीनमा प्रख्यात पशुका सिङबाट बनाइएको काईंयो

सुन्नुहोस्

चीनको फुचियन प्रान्तमा पशुको सिङबाट आकर्षक काईंयो बनाइन्छ । चीनको पूर्वी भागमा रहेको उक्त प्रान्तको फुचौ शहर विभिन्न कला र सामग्रीको निम्ति चीनमा प्रख्यात छ । चिया, प्रस्तर कला र पशुका सिङबाट बनाइएको काईंयोको निम्ति फुचियनलाई विशेष मानिन्छ । 

त्यहाँ मरेका पशुको सिङबाट कपाल कोर्ने आकर्षक काईंयो बनाउने गरिन्छ । सिन्ह्वा अनलाइन संस्करण अनुसार एउटा आकर्षक काईंयो बनाउन निकै लामो प्रक्रिया पूरा गरिन्छ ।

काईंयोमा सबै पशुको सिङ प्रयोग हुँदैन । विशेषगरी राँगा–भैंसी, भेँडा र याकको सिङको मात्रै काईंयो बनाउने गरिएको पाइन्छ । 

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू