उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता
चीनको नौ दिने भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको गत सेप्टेम्बरमा चीन भ्रमणको क्रममा भएका सहमति तथा सम्झौता कार्यान्वयन र बीरआरआईलगायत अन्य सहकार्यका विषयमा छलफल भएको बुझिएको छ ।
यसअघि आजै दिउँसो उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ व्यवसायीलाई नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको पूर्वलगानी सेमिनारलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले आगामी महिना नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागिताको निम्ति चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।
हिजो बेइजिङ पुग्नुभएका उहाँले हिजै दिउँसो चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग भेट गर्नुभएको थियो ।
टिप्पणीहरू