चीनको बोआओ : पहिले र अहिले (भिडियो)

चीनको बोआओ : पहिले र अहिले (भिडियो)
सुन्नुहोस्

बोआओ सम्मेलन अस्तिदेखि चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ शहरमा शुरु भएको छ । क्षेत्रीय आर्थिक विकासको अवधारणाको लागि बनाइएको बोआओ फोरम फर एसियाको सम्मेलन वार्षिक रुपमा हाइनानमा हुँदै आएको  छ । 

यसको स्थापना सन् २००१ मा भएको हो । यो संगठन स्थापनाअघि साउथ चाइना सीको समुद्री किनार नजिकै रहेको बोआओ माछामार्ने र खेती किसानी गर्नेहरुको थलोको रुपमा परिचित थियो । तर, पछिल्लो दुई दशकमा उक्त स्थान चीनको प्रमुख पर्यटकीयस्थल मध्येको एक बनेको छ । 

सन् २००१ सम्म खासै नाम नसुनिएको उक्त स्थानमा अहिले महँगा होटल, होमस्टे, रेष्टुरेन्ट धेरै छन् । ती सबैमा पर्यटक खचाखच भरिएको देखिन्छ । दुई दशकअघि १० हजार जनसंख्या रहेको उक्त स्थानमा अहिले ३० हजारबढी बसोबास गर्छन्।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू