याङजोङको घर, सुख र शान्तिको घर

याङजोङको घर, सुख र शान्तिको घर

हालै नेपाल टेलिभिजनबाट ‘विश्वको सांग्र्रिला – याङजोङको घर’ नामक चिनियाँ वृत्तचित्र प्रदर्शन भएको छ । यो फिल्म ‘याङ जोङ’ नामक एक अधबैंसे तिब्बती महिलाको कथामा केन्द्रित छ । याङजोङको परिवार युन्नान प्रान्तको डिकिङ तिब्बती स्वायत्त प्रदेशअन्तर्गत सांग्र्रिला शहरमा बस्छ, जहाँ अग्ला हिमाल, ठूला नदी, घना जंगल र शान्त ताल छन् । यो पृथ्वीको परीभूमिजस्तै हो । याङजोङकी आमाको जन्म एक गरिब र अस्थिर पुरानो जमानामा भएको थियो । जनवादी गणतन्त्र चीन स्थापनापछि भाग्य परिवर्तन भयो । आज यी ८० वर्षीया वृद्धालाई उनका छोराछोरीले आधुनिक शहरमा सँगै राख्न लगेका छन् ।

याङजोङ र तिनका ४ जना दाइसँग जीवनको विशाल विकल्प छ । याङ जोङले आफ्ना आमाबाबुबाट कोर्रा लिएर गाउँमा गाईवस्तु चराउन थालेकी छन् भने दाजुहरू या त सांग्रिला वा राजधानी बेइजिङमा काम गर्छन् या आफ्नै गाउँमा घोडा चलाएर वा पसल थापेर जीविका बिताउँछन् । याङजोङकी छोरीले आधुनिक शिक्षा प्राप्त गरेपछि नयाँ जीवन शुरु गरेकी छन् । सांग्रिला डिकिङ प्रदेशको राजधानी हो, जुन चीनको १० तिब्बती स्वायत्त प्रदेशमध्येमा पर्दछ । पहिले यहाँ व्यापक गरिबी थियो र राजस्व प्रायःजसो वन फँडानीबाट आउँथ्यो । हालैका दशकमा, स्थानीय सरकारले स्थानीय क्षेत्रको दिगो विकासका लागि उपयुक्त र मानवतावादी विकासको बाटो फेला पारेको छ । वन कटानमा प्रतिबन्ध लगाउनु र पर्यटनको तीव्र विकास गर्नु उनीहरूको मुख्य ध्येय हो ।

हालैका वर्षमा यो प्रदेश गरिबीबाट ऐतिहासिक रूपमा उम्केको छ । प्रदेशभरिका स्वास्थ्य संस्थाले जनतालाई समयमै चिकित्सा सेवा प्रदान गरेका छन् । यहाँको औसत आयु ७० वर्षभन्दा बढी छ । पारिस्थिति र वातावरण राम्रो छ, र वनको घनत्व दर ७७% भन्दा बढी छ । यहीं आधुनिक विमानस्थल र राजमार्ग निर्माण भइसकेका छन् । गत नोभेम्बरको अन्त्यमा युन्नानको अर्को प्रसिद्ध पर्यटकीय स्थल लिजियाङदेखि सांग्रिलासम्म रेलमार्ग शुरु भएको छ । यसको अर्थ हो– डिकिङले रेल नचलेको आफ्नो इतिहासलाई बिदा दिनु छ र बाँकी चिनियाँ क्षेत्रसँग आफूलाई जोड्नु छ । निःसन्देह यो तिब्बती–बाहुल्य क्षेत्र विकसित हुनुको ज्वलन्त उदाहरण हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार केही दशकमै डिकिङ र तिब्बतलगायत क्षेत्र सबैभन्दा राम्रो विकास, सबैभन्दा ठूलो परिवर्तन र जनताका लागि सबैभन्दा ठूलो लाभको युगमा प्रवेश गरेका छन् । 

यस चिनियाँ वृत्तचित्रमा देखाइएको मानवतावादी परिवर्तन र चीनले जनताको हित र देशको विकासलाई दिएको महत्वबाट प्रभावित हुँदै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष केपी पाठकले याङजोङ परिवारको सुखी जीवनबाट सबैले मिठास महसुस गर्न पाएको बताएका छन् । ‘इमान्दारिताका साथ अभिलेख राखे मात्र यसले मानिसको मन छुन्छ,’ वृत्तचित्र निर्देशक याङ मुयुआन र उनको छायांकन टोलीले चार वर्ष लगाएर भिडियोमार्फत याङजोङ परिवारको कथा उतारेको हो ।

टिप्पणीहरू