चीन–नेपाल उच्चस्तरीय खुलापन

चीन–नेपाल उच्चस्तरीय खुलापन
सुन्नुहोस्

हालै कोरला नाका औपचारिक रूपमा खोलिएको छ, जुन चीन र नेपालबीच यात्री र कार्गोको चौथो नाका हो । यस नाकाको उद्घाटनले व्यापक आदानप्रदान, सहयोग प्रवद्र्धन र दुई देशबीच आर्थिक, व्यापारिक तथा मानविकी साँटफेरमा नयाँ जीवन्तता थप्न सक्छ । यस वर्षको शुरुदेखि नै चीनले उच्चस्तरीय खुलापनलाई बढाइदिँदै आएको छ र विदेशी लगानीलाई स्थिर बनाउन नयाँ नीति र उपाय जारी गरेको छ । चीनले उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई समर्थन पुग्ने आठ कार्यक्रम घोषणा गरेको छ र आयात एक्स्पो, उपभोक्ता एक्स्पो र चेन एक्सपोजस्ता विश्वमा साझा अन्तर्राष्ट्रिय सार्वजनिक सेवा प्रदान गरि नै राखेको छ । यसबाहेक, फ्रान्स र जर्मनी आदि ६ वटा देशलाई एकपक्षीय भिसा छुट दिइएको छ, विदेशीका लागि स्थायी निवास आइडी कार्डको नयाँ संस्करण जारी भएको छ, चीन र बाहिरी मुलुकबीच उडान संख्यामा उल्लेखनीय वृद्धि भएको छ... ।

‘चीनमा जे भइरहेको छ, त्यसले सबै देशलाई फाइदा पुर्‍याउँछ ।’ विश्वकै प्रसिद्ध लगानीकर्ता जिम रोजर्सका अनुसार चिनियाँ उच्चस्तरीय खुलापनको विस्तार ‘विश्व र चीनका लागि समेत अत्यन्त लाभदायक छ’ । यस वर्षको जनवरीदेखि अक्टोबरसम्म चीनमा ४१,९४७ वटा नयाँ विदेशी लगानीका उद्यम स्थापना भएका छन्, जसको वार्षिक वृद्धिदर ३२.१ प्रतिशत छ । यस वर्षको पहिलो तीन त्रैमासिक अवधिमा विनिर्माण उद्योगतर्फ विदेशी पुँजी उपयोगको स्केल वृद्धि जारी रह्यो र यसको वास्तविक परिमाण २ खर्ब ६२ अर्ब ४१ करोड युआन पुग्यो, जुन २.४ प्रतिशतको वार्षिक वृद्धिदर हो । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको हालै सम्पन्न आर्थिक कार्य सम्मेलनले सन् २०२४ मा बजारमुखी, कानुनमा आधारित र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण निर्माण गर्ने र ‘इन्भेष्ट इन चाइना’ ब्राण्ड निर्माण गर्ने प्रतिज्ञा गरेको छ । चीनले उच्च स्तरको खुलापनको नीति पालना गर्छ र नयाँ विकास प्रतिमानको निर्माणलाई गति दिन्छ । चीनले विकासतर्फ विश्वका लागि नयाँ अवसर दिइरहनेछ ।

(चिनियाँ केन्द्रीय टेलिभिजन समाचार, ओभरसिज नेटवर्क, चिनियाँ केन्द्रीय प्रसारण सञ्जाल, जन दैनिक, सिन्ह्वा समाचार एजेन्सी)

 

टिप्पणीहरू