हन्द महासागर क्षेत्रका थुप्रै देशवासीको आशा र आह्वान

मिलेर साझा भविष्य निर्माण गरौं

हन्द महासागर क्षेत्रका थुप्रै देशवासीको आशा र आह्वान
सुन्नुहोस्

चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) हिन्द महासागर क्षेत्रमा खुला र समावेशी सहयोगको अवधारणासँग मेल खान्छ । माल्दिभ्स अन्य देशसँग सुदृढ सम्बन्ध स्थापना, आ–आफ्नो शक्तिको लाभ उठाउँदै अझ लचिलो र दिगो विकासको हिन्द महासागर निर्माण गर्न तयार छ ।’ हालै युन्नान प्रान्तको कुनमिङमा सम्पन्न दोस्रो चीन–हिन्द महासागर क्षेत्रीय विकास सहयोग मञ्चमा माल्दिभ्सका उपराष्ट्रपति लतिफले भनेका छन् ।

हिन्द महासागरले एशिया, अफ्रिका र ओसिनियालाई जोड्छ । चीन तथा क्षेत्रीय यो मञ्चमा जाने एक महत्वपूर्ण मार्ग हो । युन्नान हिन्द महासागरको सबैभन्दा नजिक पर्ने चिनियाँ प्रान्त हो । सन् २०२२ मा पहिलो पटक चीन–हिन्द महासागर क्षेत्रीय विकास सहयोग सम्मेलन कुनमिङमा सम्पन्न भएको थियो । यस वर्ष हिन्द महासागर वरपरका मित्रहरू आपसी नीलो अर्थतन्त्रको विकास र सहयोग, समुद्रको साझा भविष्य निर्माणबारे छलफल गर्न कुनमिङमा फेरि भेला भएका थिए । ‘चीन र हिन्द महासागर क्षेत्रका राष्ट्रहरूले मिलिजुली काम गर्न सक्छन् किनभने हामी एउटै साझा दर्शनमा विश्वस्त छौँ ।’ केन्याका राष्ट्रपति रुतोले बताए । ‘हिन्द महासागर हाम्रो जीवनको स्रोत हो ।’ कोमोरोस कृषि, मत्स्यपालन, वातावरण, पर्यटन तथा हस्तकला मन्त्रालयका राज्यमन्त्री हमदानले भने, ‘हामी लचिलो नीलो अर्थव्यवस्थाका लागि प्रतिबद्ध हुनुपर्छ, जिम्मेवारीपूर्वक समुद्री स्रोतको विकास गर्नुपर्छ र आर्थिक विकास बढाइदिँदै हाम्रा महासागरको रक्षा गर्नुपर्छ ।’

ताञ्जानियाको जन्जिबार नीलो अर्थतन्त्र र मत्स्यपालन मन्त्रालयका मुख्यसचिव अब्बुद सुलेमान जम्बुले भने, ‘चीनले विश्वकै समुद्री वातावरणको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ र यो फोरमले क्षेत्रीय सहयोगको स्तर बढाउन र नीलो अर्थमा रूपान्तरण, पूर्वाधार निर्माण, समुद्री सुरक्षा र अन्य पक्षको सहयोगलाई मद्दत गर्नेछ ।

‘सेसेल्सका लागि नीलो अर्थतन्त्र एउटा अवधारणा मात्र होइन, यसले हाम्रो विश्वासको प्रतिनिधित्व गर्छ ।’ त्यहाँका लगानी, उद्यम र उद्योगमन्त्री विडोरले भने, ‘यस क्षेत्रका देशहरूले समुद्री सम्भावनाको राम्रो उपयोग र समुद्रको राम्रो रक्षा गर्नुपर्छ, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको फ्रेमअन्तर्गत चीनसँग थप गहिरो सहयोग गर्न हामी तत्पर हुनुपर्छ । युन्नान फाइनान्स एण्ड इकोनोमिक्स युनिभर्सिटीको हिन्द महासागर क्षेत्रीय अनुसन्धान केन्द्रकी निर्देशिका जु छुइपिङले भविष्यमा युन्नानले हिन्द महासागर क्षेत्रका देशसँग व्यापार, लगानी, औद्योगिक विकास र पूर्वाधार निर्माणको क्षेत्रमा आदानप्रदान, अन्तरक्रिया र सहयोगलाई थप विस्तार गर्न र विकासको प्रतिफल बाँड्न सक्ने सुझाव दिइन् ।

 

टिप्पणीहरू