युन्नानी जीवन चीनको

मात्र होइन, विश्वको पनि हो

युन्नानी जीवन चीनको

‘युन्नानी जीवन’ भनेको विश्वसमेतको हो । यो जीवनमा प्रवेश गरे तपाईं राम्रो, प्यारो, विश्वसनीय र आदरणीय चीनलाई बुझ्नुहुनेछ ।’ हालै कुनमिङमा सम्पन्न पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (युन्नान शाखा) एवं दोस्रो हात्ती अन्तर्राष्ट्रिय सञ्चार सम्मेलनलाई मा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय कमिटीका सचिव वाङ निङले सम्बोधन गर्दै भनेका थिए । 

युन्नानलाई ‘पर्यटकहरूको स्वर्ग’ भनेर चिनिन्छ । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म युन्नानमा ९१ करोड ७० लाख पर्यटकको आगमन र ११ खर्ब ३० अरब युआनको आय भएको छ । वर्षको शुरुआतदेखि नै युन्नानले ‘युन्नानी जीवन’का निम्ति पहल गरेको छ, जसले पर्यटनको नयाँ फेसनलाई नेतृत्व गर्दैछ । ‘युन्नानी जीवन’ यहाँको हावापानी सुहाउँदो हरित जीवन हो । ‘वनस्पतिको राज्य’, ‘पशुपक्षीको राज्य’ र ‘विश्व बगैँचा’ को रूपमा चिनिने युन्नान रंगीचंगी बोटबिरुवा र विभिन्न प्रकारका जनावरको घर हो । यसलाई ग्रीष्मकालीन रिसोर्ट र न्यानो घर भनेर चिनिन्छ । युन्नानमा तपाईं अनन्त अद्भूत र सार्थक कुरा प्राप्त गर्न सक्नुहुन्छ ।

‘युन्नानी जीवन’ एक रंगीबिरंगी जीवन हो । यहाँ ५० करोड वर्ष पहिलेको चेङजियाङ क्याम्ब्रियन बाइयोटा जीवाश्म, १९ करोड वर्ष पहिलेको जुरासिक डायनोसर जीवाश्म र १७ लाख वर्ष पहिलेको युआनमोउ मानव भग्नावशेष छन् । यहाँ मानव इतिहास, सांस्कृतिक इतिहास र सभ्यताको इतिहाससम्बन्धी ‘सिम्फोनी’ ले निश्चित रूपमा तपाईंलाई युन्नानको प्राचीन र आधुनिक लामो इतिहासमा अन्तरघुलन गर्नेछ । ‘युन्नानी जीवन’ एक सौहार्द्रपूर्ण र सुखी जीवन हो । युन्नानमा २६ वटा जाति छन्, जुन एक परिवारजस्तै मिली बसेका छन् । प्रत्येक जातिको आफ्नै सौन्दर्य छ । यहाँ सोङक्रान महोत्सव, मशाल महोत्सव र मुनाओ गीत महोत्सवजस्ता लोक उत्सव धेरै पाइन्छन् । जब तपाईं युन्नान जानुहुन्छ तब शान्ति, आनन्द र सुखको स्वर्गमा प्रवेश गरेको ठान्नुहुनेछ ।

‘युन्नानी जीवन’ एक खुला र समावेशी जीवन हो । युन्नान चीनको दक्षिण–पश्चिम सीमामा अवस्थित छ, जसलाई पहाड र नदीले धेरै देशसँग जोड्दछ । यसले एक गौरवशाली इतिहास, खुलापन र समावेशिताको अद्भूत कथा लेखेको छ । २००० वर्षभन्दा पहिले ‘प्राचीन चिया घोडा मार्ग’ ले दक्षिणी रेशमी मार्गको कथा बताउँथ्यो । आज चीन–लाओस रेलवेले एक कलमजस्तै पहाड र नदी पार गरेर संयुक्त रूपमा ‘बेल्ट एण्ड रोड’ निर्माणको नयाँ चित्र कोर्दै छ ।

 

टिप्पणीहरू