वसन्तको शहरमा सपना पछ्याउँदै हजारौं साइकल यात्री

वसन्तको शहरमा सपना पछ्याउँदै हजारौं साइकल यात्री

भर्खरै कुनमिङको दियान्ची पठार साइक्लिङ आमन्त्रण प्रतियोगिता आयोजना भयो, जसमा ३६ व्यावसायिक टोली र अमेच्योर एलिट राइडरसहित १००० भन्दा बढी खेलाडी सहभागी भए । तीमध्ये पुरुष सडक व्यावसायिक गुट र पुरुष सडक युवा गुटको कुल रेस मार्ग करिब ११० किलोमिटर थियो भने पुरुष सडक अमेच्योर गुट र पुरुष तथा महिला माउन्टेन बाइक अमेच्योर गुटको कूल रेस मार्ग ४२ किलोमिटर रह्यो ।

कुनमिङ युन्नान प्रान्तको राजधानी शहर हो, जुन निम्न–आक्षांश पठार जलवायु क्षेत्रमा अवस्थित छ । जाडोमा कडा चिसो छैन र गर्मीमा खास गर्मी छैन । जलवायु वर्षभरि वसन्तजस्तै न्यानो हुनाले यसलाई ‘वसन्तु शहर’ को रूपमा चिनिन्छ । 

युन्नान दैनिकका पत्रकार याङ झेङ

(अक्षर र चित्रसहित), चिनियाँबाट नेपालीमा अनुवादः ह ठावरूङ

 

टिप्पणीहरू