जहाँ गिटारको स्वर्ग देख्न पाइन्छ

जहाँ गिटारको स्वर्ग देख्न पाइन्छ

गुआङडोङ प्रान्तअन्तर्गत हुइझोउ शहरको हुइयाङ जिल्ला गिटार उत्पादन केन्द्र हो । यसलाई ‘गिटारको स्वर्ग’ को रूपमा समेत चिनिन्छ । हुइयाङले बढीमा वार्षिक लगभग ४.५ मिलियन गिटार उत्पादन गर्छ, जुन चिनियाँ उत्पादनको 
४०% भन्दा बढी र विश्वकै कूल उत्पादनको पाँचौं भाग हुन आउँछ । 

खासगरी उकुलेली (एक प्रकारको गिटार) को बिक्रीले विश्वको कूल उत्पादनको ८०% ओगटेको छ, जसको मूल्य ३ अर्ब युआनभन्दा बढी छ । हुइयाङ गिटारको विकास २०औं शताब्दीको ९०को दशकमा भएको हो । सन् १९९१मा चिनियाँ ताइवानी व्यापारीका बाउछोरा छाई जिङहाओ र छाई गुओहोङले हुइयाङ जिल्लाको किउचाङ मौजामा आएर पहिलो गिटार उत्पादन उद्यम खोलेका थिए । युचेङ वुड म्युजिकल इस्ट्रुमेन्ट फ्याक्ट्रीका नाममा । त्यसपछि धेरै संगीत उपकरण उद्यमले पनि किउचाङ मौजा, हुइयाङ जिल्लामा लगानी गर्न थाले ।

२०१६ मा हुइयाङका गिटार उद्यमीहरूको संख्या लगभग ३०० पुगेको छ र १०० भन्दा बढी नयाँ ब्रान्डका जन्मेका छन् । हाल हुइयाङमा उत्पादित गिटारको खास मूल्य १००० देखि ५००० युआनसम्म छ । कस्टम–निर्मित वुड गिटार त अझ बढीमा आठ–नौ हजार युआनसम्ममा बेच्न सकिन्छ । २०१७ मा हुइयाङ जिल्लाले पहिलो गिटार संस्कृति र कला महोत्सव आयोजना गर्न थाल्यो र लगातार ६ वर्षको यसखाले संस्कृति र कला उत्सवजस्ता साँस्कृतिक गतिविधि अघि बढायो । 

यसबीच सांस्कृतिक पर्यटनका साथ गिटार उत्पादनको संयोजन गरी कला प्रदर्शन, खाना मेला, सांस्कृतिक र रचनात्मक प्रदर्शनी, खेलकुद कार्यक्रम, किनमेलजस्ता धेरै उत्सवको विकास भएको छ । आज गिटार उद्योग हुइयाङको साँस्कृतिक उद्योगका निम्ति आधार स्तम्भ मात्र होइन । हुइझोउ र गुआङडोङ–हङकङ–मकाउसमेतका निम्ति एक सुन्दर सांस्कृतिक व्यापार कार्ड पनि बन्न पुगेको छ ।

याङचेङ साँझ समाचार, आर्थिक सूचना दैनिक, हुइझोउ दैनिक र हुइयाङ विमोचनबाट प्रकाशित

 

टिप्पणीहरू