छोरा उत्तरबाट आइनपुग्दै बा दक्षिणतिर

छोरा उत्तरबाट आइनपुग्दै बा दक्षिणतिर
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा भूतपूर्व सभामुख अग्निप्रसाद सापकोटा नयाँ दिल्ली पुगेका छन् । उनी हिजो दिउँसो २ बजे नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१७ मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हिजै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा उपाध्यक्ष पुत्र रुपक सापकोटा चीनबाट फर्केका छन् । उनी गएराति ११ बजे चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सिजेड ३०६७ मा ग्वाङचौबाट काठमाडौं आइपुगेका हुन् ।

रुपक हाइनान प्रान्तको बोआओमा सम्पन्न बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन बैंकक हुँदै गएका थिए । सम्मेलन गत मंगलबारदेखि शुक्रबारसम्म भएको थियो ।

टिप्पणीहरू