पोखरामा जीप पल्ट्यो, आठ जनाको अवस्था गम्भीर

पोखरामा जीप पल्ट्यो, आठ जनाको अवस्था गम्भीर

कास्कीको पोखरामा जीप दुर्घटना भएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा ग. १ ज ४५४७ नम्बरको जीप दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका निरीक्षक सूर्यबहादुर रानाका अनुसार दिउँसो ३ बजे जीप सडकबाट दुई सय मिटर तल झरेको हो । घाइते आठै जनालाई अस्पताल पठाइएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको रानाले बताए ।

टिप्पणीहरू