सत्ता गठवन्धनमा खटपट,बेग्लाबेग्लै चुनाव लड्ने सहमति
सम्मानजनक सहकार्यको सहमतिमा अघि बढ्न तयार भनिएको नयाँ सत्ता गठवन्धनभित्र खिचलो उत्पन्न भएको छ ।
आज बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बाग्मती सरकारलाई दिने बिश्वासको मत र इलाम-२ (प्रतिनिधिसभा) सहित बझाङ्ग (प्रदेश सभा) का निम्ति हुने उपचुनावमाथि केन्द्रित थियो । त्यहीँ नै दलहरुवीच चर्को असहमति प्रकट भएको हो ।
फलत: बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिन लागेको बिश्वासको मतमा तटस्थ बस्ने तयारी एकीकृत समाजवादीले गर्दै गरेको बुझिएको छ भने इलाम र बझाङमा एमाले,माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै लड्ने सहमतिवीच असहमति प्रकट भएको बताइन्छ ।
टिप्पणीहरू