'अबको विकल्प नेपाली विशेषताको समाजवाद'

'अबको विकल्प नेपाली विशेषताको समाजवाद'

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेका असन्तुष्टिको समाधान अग्रगामी ढंगले खोजिनुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंमा आज समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यमान समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव हुने दावी गरे । पछिल्लो राजनीतिक परिवर्तनले विभिन्न उपलब्धि प्राप्त भएपनि त्यो पूर्ण हुन नसकेकाले समाजमा असन्तुष्टि बढेको विप्लवको भनाई छ । 

 ‘हामीले विभिन्न उपलब्धि हाँसिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमिकहरु, उत्पीडितहरु, अधिकारको खोजि गर्ने शक्तिहरु कोही पनि चुप लागेर बस्दैनन् । प्रवृत्तिहरु बीचको टकराव हुनु स्वभाविक हो । हामी समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ', उनले भने । 

नेपालका कानूनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने विप्लवले बताएका छन् । आगामी दिनमा नयाँ शासन व्यवस्थाको बहसबारे छलफल हुनुपर्नेमा उनले जोड दिए ।

टिप्पणीहरू