जित्नेलाई हराइयो,हार्नेलाई फूलमाला
नेकपा एमालेको ११ औं झापा जिल्ला अधिवेशनमा युवा सदस्य क्लस्टरबाट बिजयी अग्नि कार्कीलाई माथिल्लो तहका नेताहरुबाट उम्मेदवारी फिर्ता लिई राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षसमेत रहेका प्रदिप गोले (फुर्वा) लाई सर्वसम्मत घोषणा गर्न दवाव आएको खुलेको छ ।
यध्यपि कार्कीले उक्त दवावका वीच आफू निर्वाचनमै जान चाहेको बताएपछि भएको शिवसताक्षी नगर भूगोलको युवा क्लस्टर निर्वाचनमा ४ मतान्तरले पछि पार्दै कार्की बिजयी भएका छ्न् । उनले ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रदिप गोले (फुर्वा) ले ३१ मत मात्र प्राप्त गरेका थिए ।
पराजित फुर्वा पाटी अध्यक्ष ओली निकट र विश्वासपात्र भएकोले उनलाई नै जिल्ला सदस्यमा लानु पर्ने भन्दै माथिल्लो तहका नेता गणबाट दबाब आएको खुलेको हो । फुर्वाको माथिल्लो तहका नेता गणसङ्ग राम्रो सम्बन्ध भए पनि स्थानीय क्षेत्रमा सम्बन्ध राम्रो नभएकोले नै पराजयले पुष्टि गराउँछ ।
"सबैलाई समेट्न प्रयास गर्नुपर्नेमा आफू निकटलाई सोझै माथिल्लो कमिटीमा तान्ने प्रवृत्तिले अन्य युवा साथीहरुलाई नैराश्यता हुनसक्नेतर्फ पार्टीले विचार गर्नुपर्ने कार्कीले बताएका छन् ।"
शिवसताक्षी नगरबाट युवा क्लस्टरमा कार्की सर्वसम्मत चयन भएको भनी जिल्लाको लागि सिफारिससमेत गरिसकिएको बताइएको छ । केही गर्ने सोचविचारका साथ आफू जिल्ला कमिटीमा जान चाहेको र सोहीबमोजिम आफूलाई उपल्लो नेता गणबाट दबाब सिर्जना हुँदा हौसला प्रदान गरी पार्टीमा सबैलाई समेट्ने प्रयास गर्नुपर्नेमा आफू निकटलाई सोझै माथिल्लो कमिटीमा तान्ने प्रवृत्तिले अन्य युवा साथीहरुलाई नैराश्यता हुनसक्नेतर्फ पार्टीले विचार गर्नुपर्ने कार्कीले बताएका छन् । त्यसै गरी युवा महिला क्लस्टरमा निशा लिम्बु बिजयी भएकी छन्न ।
महिला सदस्यमा ३ सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा पवित्र लिम्बु,गोमा रिजाल र गोमादेवी खरेल निर्वाचित भएका छन् । त्यस्तै पुरुष खुल्ला सदस्यमा ६ पदको लागि १३ जनाको उम्मेदवारी परेको थियो । जसमा मेघाहाङ थोप्रा (रोशन),सिकिन पासवान, तुलसीराम मैनाली,कमल लामिछाने र कुलबहादुर बस्नेत निर्वाचित भएका हुन् ।
जिल्ला सदस्यको लागि सर्वसम्मत गर्ने निकै कसरत गरिएको भए पनि आकाङ्क्षीहरु धेरै भएपछि जिल्लाको १५ पालिकाबाट आन्तरिक निर्वाचन प्रक्रियामार्फत निर्वाचित गराइएको हो । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारीहरुलाई बिजयी घोषणा गरी शपथ ग्रहण गराइने जनाइएको छ । नेकपा एमालेको झापा जिल्ला अधिवेशन केही दिनअघि सकिएको थियो ।
मुख्य पदहरुमा सकसपूर्ण तरिकाले सर्वसम्मत चयन गरिएको भए पनि सदस्य पदका लागि भने आन्तरिक निर्वाचन नै गर्नु परेको थियो । नेतृत्व तहले सर्वसम्मत चयन गर्न निक्कै पहल र मेहनत गरेको भए पनि आकाङ्क्षीहरु धेरै भएपछि आन्तरिक निर्वाचनबाटै सदस्य छान्नु परेको थियो ।
टिप्पणीहरू