वीरगञ्जमा यो वर्ष पनि 'रात्रि बजार'

वीरगञ्जमा यो वर्ष पनि 'रात्रि बजार'

नयाँ वर्षको अवसरमा पर्साको वीरगञ्जमा 'रात्रि बजार' आयोजना गरिने भएको छ। 

वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी, नेपाली युवा उद्यमी मञ्च, वीरगञ्ज, साईकिलिङ क्लब, वमेन्स् क्रिएशन, घरेलु तथा साना उद्योग र एड्स बी मिडिया प्रालिको संयुक्त आयोजनामा तीन दिने रात्रि बजार सञ्चालन गर्न लागिएको हो । 

चैत २९ गतेदेखि वैशाख १ गते मध्यरातसम्म सञ्चालन हुने रात्रि बजारमा विभिन्न प्रकारका खाना र ड्रिङ्स, फेन्सी लुगा, जुत्ता, चप्पल, चश्मालगायत अन्य घरायसी सामान, हस्तकला र घरेलु उत्पादनहरु, ट्याटु र मेहेन्दी, फुट मसाज, फोटोग्राफी र सेल्फीको स्टल रहने महानगरले जनाएको छ । 

महानगरका अनुसार आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म रात्रि बजार सञ्चालन हुनेछ । एक हजार रुपैयाँ तिरेर तीन दिनका लागि स्टल बुक गर्न सकिने जानकारी दिइएको छ । हाल धमाधम सजावटदेखि लिएर स्टल बुकिङ्गलगायतका काम भइरहेको छ । 

महानगरले नयाँ वर्षको अवसरमा अघिल्लो वर्ष पनि रात्रि बजार सञ्चालन गरेको थियो ।
 

टिप्पणीहरू