'महाजात्रा'लाई नेपालमा १० करोड, विदेशमा पनि मालामाल

'महाजात्रा'लाई नेपालमा १० करोड, विदेशमा पनि मालामाल

लामो समयपछि नेपाली हलहरु यतिबेला भरिभराउ देखिएका छन् । चलचित्र 'महाजात्रा' दर्शकको रोजाईमा परेपछि सिनेमा हलहरु खचाखच भएका हुन् । 

गत चैत ९ गतेबाट रिलिज भएको यस चलचित्रले दुई हप्तामा नेपालभरबाट १० करोड १४ लाख कलेक्शन गरेको निर्माण टिमले जनाएको छ । मध्यपूर्वका देशरुमा पनि अहिलेसम्म करिब ६ करोड कलेक्शन भएको दावी गरिएको छ । 

'वर्ड अफ माउथ'को आधारमा दर्शक बढ्दै गएपछि अहिले एफक्यूब हलले राति २ बजे 'शो' समेत चलाइरहेको निर्माण पक्षको भनाई छ । असअघि ब्लकबस्टर चलचित्र 'जारी'ले १८ करोड कलेक्शन गरेको थियो । 'महाजात्रा'ले यो रेकर्ड तोड्ने धेरैको प्रक्षेपण छ । 

प्रदिप भट्टराईले निर्देशन गरेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतको मुख्य भूमिका छ।

टिप्पणीहरू