इलाम–२ मा २० जनाको उम्मेदवारी

इलाम–२ मा २० जनाको उम्मेदवारी

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाममा २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत १२ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा अगाडि सरेका छन् । स्वतन्त्र आठ जना उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेसले डम्बरबहादुर खड्कालाई र एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । खड्का र नेम्वाङ मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा र नारा जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मिलनकुमार लिम्बू उम्मेदवार बनेका छन् । अन्य राजनीतिक दलमध्ये जनमत पार्टी, नेमकिपा, मंगोल नेशनल अर्गनाइजेसन, नेशनल रिपब्लिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलन, राप्रपा नेपाल र नेपाली जनता दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू