लुम्बिनीमा विश्वासको मतपछि मात्रै मन्त्रीमण्डल विस्तार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।
महरा गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा अस्ति मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले आज गठन गरेको मन्त्रीमण्डलमा एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दिपेन्द्र पुन सिजल र जसपाबाट भण्डारीलाल अहिरलाई विनाविभागीय मन्त्री नियुक्त गरिएलगत्तै शपथ ग्रहणसमेत भइसकेको छ ।
आचार्य अर्घाखाँचीका र सिजल रोल्पाका हुन् । यस्तै भण्डारीलाल बाँकेबाट निर्वाचित प्रदेश सभासद् हुन् ।
मुख्यमन्त्री महराले प्रदेश सभामा विश्वासको मत लिएपछि मन्त्रिमण्डललाई पूर्णता दिने बताएका छन् ।
टिप्पणीहरू