अहिलेका माननीय ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रको दौडाहामा
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गृहजिल्ला जुम्लामा नागरिक अभिनन्दन गर्न पुगेका राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही राजधानी फर्केका छन् । उनी मध्यान्ह साढे १२ बजे नेपाल वायुसेवाको उडानमा नेपालगञ्ज आएपछि साढे २ बजे बुद्ध एअरको उडानबाट काठमाडौं फर्केका हुन् ।
अभिनन्दन ग्रहण गर्न पूर्वराजा शाह हिजो मध्यान्ह नेपालगञ्जबाट एक दर्जनको टोलीसहित त्यहाँ पुगी खुल्ला कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । पूर्वराजाको लिखित मन्तव्यमा भनिएको छ, ‘अब सुध्रौं,अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं,नयाँ समझदारी, नयाँ सम्वाद,नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निश्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’
समिट एअरको उडानमा जुम्ला विमानस्थल पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रलाई शाहीले विमानको ढोका नजिकै पुगेर स्वागत गरेका थिए ।
टिप्पणीहरू