रञ्जिताको पत्रपछि सुदूरपश्चिमकी सहकारी मन्त्री पदमुक्त

रञ्जिताको पत्रपछि सुदूरपश्चिमकी सहकारी मन्त्री पदमुक्त
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेश कामचलाउ सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरी पदमुक्त भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद पदबाट फिर्ता बोलाउन लेखेको पत्रको आधारमा पदमुक्त गरिएको बताइएको छ ।

उक्त पार्टीकी समानुपातिक सांसद गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन अध्यक्ष श्रेष्ठले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेपछि उनी पदमुक्त भएकी हुन् ।

सभामुख भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि उनी पदमुक्त भएको बताइएको छ ।

टिप्पणीहरू