प्रतिनिधिसभा बैठक स्थगित, काँग्रेस आफ्नो मागमा अडिग

प्रतिनिधिसभा बैठक स्थगित, काँग्रेस आफ्नो मागमा अडिग

नेपाली काँग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीसम्बन्धी छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको काँग्रेसले बैठक सुचारु हुन नसक्ने चेतावनी दिएको थियो । 

उनीहरुले बैठकमा उभिएर विरोध जनाएका हुन् । सभामुखले १५ मीनेटका लागि बैठक स्थगित गरे पनि काँग्रेसले अवरोध जारी राख्ने बताएपछि भोलिसम्म स्थगित गरिएको सूचना टाँसिएको हो ।
 

टिप्पणीहरू