गृहमन्त्री र सहकारीको कुराले आज पनि संसदमा गलफती

गृहमन्त्री र सहकारीको कुराले आज पनि संसदमा गलफती
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका विपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयको कार्यक्रम सकिएलगत्तै विपक्षीहरुले अवरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले सभालाई निर्धारित कार्यसूचीमा प्रवेश गराउन खोज्दा काँग्रेस, राप्रपा र लोसपाका सांसदहरु आ-आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए । 

सभामुखले बारम्बार आग्रह गर्दा पनि सांसदहरुले अवरोध जारी राखेपछि वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा पनि कांग्रेस सांसदहरुले अवरोध गरेपछि निर्धारित कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो । सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेसले लगातार संसद बैठक अवरुद्ध पारेको हो ।

टिप्पणीहरू