कोशीमा अधिवेशन आह्वान

कोशीमा अधिवेशन आह्वान

कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी वैशाख ६ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएको जानकारी दिइएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उहाँले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशन आह्वान गर्नुभएको जनाइएको छ । 

प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी सदस्यको लिखित अनुरोधमा प्रदेश प्रमुख खापुङले अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ ।

टिप्पणीहरू