गण्डकी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने खालका निर्णय नगर्न÷नगराउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजालासले दिएको अन्तरिम आदेशमा नयाँ मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न/नगराउन भनिएको छ ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
टिप्पणीहरू