लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिन लागेका छन् । लुम्बिनी प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरिँदै छ ।
चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त महराले चैत २५ गते सपथ र पदभार ग्रहण गरेका हुन् ।
उनलाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने बताइएको छ । यसअघि नियुक्त तीन जना मन्त्रीलाई पनि हालसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
टिप्पणीहरू