काँग्रेसले बोलायो संसदीय दलको बैठक
नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ । बैठक भोलि बिहान ८ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राखिएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को चालु अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसअघि काँग्र्रेसले संसदीय दलको बैठक राखेको हो ।
टिप्पणीहरू