यसअघि बाबुको जिब्रो छेडियो, अबदेखि छोरोको (फाेटाे फिचर)

सुन्नुहोस्

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेडिएको छ । स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएका छन् । विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।

यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटक जिब्रो छेडेर उक्त परम्परालाई निरन्तरता दिएका थिए । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेपछि आज जिब्रो छेड्ने गरिन्छ ।

टिप्पणीहरू