तानाशाहहरुको आधा शताब्दीदेखि राज

तानाशाहहरुको आधा शताब्दीदेखि राज
सुन्नुहोस्

सन् १९४८ मा ब्रिटिशबाट म्यान्मार (बर्मा) स्वतन्त्र भएदेखि दुई प्रकारका राष्ट्रपतिहरूले शासन गरे । स्वतन्त्रतापछि सन् १९६२ को मार्चमा तानाशाह ‘ने विन’को  ‘कू’ सम्म देशले प्रजातान्त्रिक रूपमा राज्य प्रमुखहरू चुनेको थियो ।

सन् २०११–२०१६ सम्म सत्ताधारी अर्ध–नागरिक सरकारको अन्त्यसम्म सैन्य शासन चलिरहँदा सैनिक प्रमुखहरूले नै उत्तरआधिकारी तय गर्थे । तर २०१६ को मार्चमा नवौं राष्ट्रपति ‘यु ह्तीं क्याब’ को पदग्रहणसँगै म्यान्मारका जनताले ५४ वर्षमा पहिलोपटक नागरिक सरकारको पुनरागमन देखे । 

सुखले सँधै साथ दिँदैन भनेझैँ म्यान्मालीको शासन अल्पकालीन रह्यो । सन् २०२१ फेब्रुअरीमा लोकतान्त्रिक रूपमा निर्वाचित नेशनल लिग फर डेमोक्रेसी सरकारको विरूद्ध सेनाले कब्जा गरेपछि देशमा नागरिक शासनको अन्त्य भयो ।

गतवर्ष नै म्यान्मारको सैन्य जुन्ता प्रशासनले नागरिक सरकारमाथि ‘कू’ गरी सत्ता कब्जा गरेको छ । अहिले देशभर प्रर्दशन भइरहेको छ ।

साओ श्वे थाइक (१८९४–१९६२)

साओ श्वे थाइक म्यान्मारको जातीय ‘शान’ संघको पहिलो राष्ट्रपति हुन् ।

शान राज्यको यावङ्ग्वेको अन्तिम साओफा वा वंशानुगत राजकुमार थिए । थाइकले म्यान्मारको स्वतन्त्रताको सन् १९४८ जनवरी ४ देखि १९५२ मार्च १२ सम्म प्रधानमन्त्री उ नुसँगै राज्य प्रमुखको रूपमा सेवा गरे ।

उनी राष्ट्रपति हुनुअघि साओ श्वे थाइकले ब्रिटिश सेनामा कार्यरत थिए । जब जनरल ने विनले १९६२ मा सैन्य विद्रोह गरेर सत्ता हातमा लिएपछि शान राजकुमारलाई गिरफ्तार गरियो । पछि जेलमै उनको मृत्यु भयो ।

डा. बा यू (१८८७–१९६३)

डा. बाउ म्यान्मार संघका दोस्रो राष्ट्रपति हुन् । उनी जातीय बमार थिए । मार्च १९५२ मा साओ श्वे थाइकको उत्तराधिकारी हुनुअघि म्यान्मारको सर्वोच्च अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गरे । उनले १९५७ मार्चसम्म उक्त पदमा रही सेवा गरे ।

मह विन माउङ (१९१६–१९८९)

मह विन माउङ करेन जातीय बौद्ध धर्मावलम्बी र म्यान्मार संघको तेस्रो राष्ट्रपति हुन् ।

उनी मन्त्री रहँदा प्रधानमन्त्री यु नुद्वारा राष्ट्रपति पदको लागि चयन भइ मार्च १९५७ मा डा. बा यू को उत्तराधिकारी बने ।

मह विन माउङले मार्च १९६२ मा जनरल ने विनले सैन्य विद्रोहमा यु नु को सरकारलाई ‘कू’ गरेर हटाए । त्यसपछि उनी पाँच वर्ष जेलमै बसे ।

जनरल ने विन (१९१०–२००२)
शु माउङको रूपमा जन्मेका यु ने विनले सन् १९५८ मा कार्यवाहक सरकारको रूपमा चिनिने सैन्य शासनको अवधिमा केही समयका लागि सत्ता कब्जा गरे ।

उनी मार्च १९६२ मा सैन्य विद्रोहको माध्यमबाट थप स्थायी रूपमा सत्तामा आए र नोभेम्बर ९ १९८१ सम्म करिब २० वर्षसम्म म्यान्मारको राज्य प्रमुखको रूपमा काम गरे । यु ने विन २६ वर्षसम्म सेनाको कमाण्डर–इन–चीफ रहे । पछि रंगुनस्थित घरमै नजरबन्द हुँदा उनको मृत्यु भयो ।

जनरल सान यू (१९१८–१९९६)

तत्कालीन बर्मा संघको समाजवादी गणतन्त्र भनेर चिनिने म्यान्मार सेनाका कमाण्डर–इन–चीफ र देशको पाँचौं राष्ट्रपति बमार–चिनियाँ मूलकै जनरल सान यु थिए ।

उनले नोभेम्बर १९८१ देखि जुलाई १९८८ सम्म सेवा गरे । 

ब्रिगेडियर जनरल सेन ल्विन (१९२३–२००४)

ब्रिगेडियर जनरल सेन ल्विन म्यान्मारको छैटौं राष्ट्रपतिको रूपमा मात्र १७ दिन सेवा गरे ।

सन् १९८८ को जुलाई २७ देखि अगस्त १२ सम्म रहेको उनको शासनकालमा रंगुन जनरल अस्पताल नजिकै विद्यार्थी प्रदर्शनकारीहरूमाथि अगस्त १० मा गोली चलाउने आदेश दिएको कारण उनलाई ‘रंगुनको कसाई’ भनेर चिनिन्छ ।
डा. माउङ माउङ (१९२५–१९९४)

डा. माउङ माउङ म्यान्मार संघको सातौं राष्ट्रपति हुन् । उनी बमार जातीय प्रसिद्ध लेखक समेत थिए ।

उनले जनरल साव माउङको नेतृत्वमा भएको सैन्य विद्रोहमा पदच्युत हुनुअघि सन् १९८८ अगस्त १९ देखि सेप्टेम्बर १८ सम्म एक महिना मात्र राष्ट्रपतिको रूपमा सेवा गरे ।

यू थेन सेन (१९४५–)

सन् २०११ मार्चमा राष्ट्रपतिको लागि केन्द्रीय संसदद्वारा चयन गरिएको सामान्य–राजनीतिज्ञ ‘एनएलडी’ द्वारा बहिष्कार गरिएको थियो ।

पश्चिमी देशहरूले ‘न त स्वतन्त्र वा निष्पक्ष’ भनेर वर्णन गरेको चुनावपछि म्यान्मारको आठौं राष्ट्रपति बने । देशको राष्ट्रपतिको रूपमा उनको कार्यकाल २०१६ मार्च ३० मा समाप्त भयो ।

यु ह्तीं क्याब (१९४६–)

यु ह्तीं क्यावको जन्म १९४६ मा रंगुनमा भएको थियो । ३० मार्च २०१६ मा म्यान्मारको नवौं राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए । राष्ट्रपतिको रूपमा उनको कार्यकाल २१ मार्च २०१८ मा समाप्त भयो । 

यू विन मिन्ट (१९५१–)

सन् २०१८ मा यु विन मिन्ट म्यान्मारको १० औं राष्ट्रपति बने ।

उनी आङ सान सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका शीर्ष नेता समेत हुन् ।

हालका राजनीतिक कार्यकर्ता जस्तै अघिल्लो सैन्य शासनले यू विन मिन्टलाई धेरै पटक गिरफ्तार गर्यो । सन् २०२१ फेब्रुअरी–१ को बिहान सबेरै उनको गिरफ्तारी भएको थियो । उनलाई हिरासतमा राखिएको एक वर्षभन्दा बढी भइसकेको छ ।

टिप्पणीहरू