विद्यालय समयमा एसईईको उत्तरपुस्तिका जाँचे कारवाही

विद्यालय समयमा एसईईको उत्तरपुस्तिका जाँचे कारवाही

काठमाडौं महानगरपालिकाले विद्यालय समयमा शिक्षकहरु अन्य काममा संलग्न भएको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । 

महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै पठनपाठन प्रभावित हुनेगरी शिक्षकहरुलाई अन्य काममा नलगाउन प्रष्ट निर्देशन दिएको छ । परिपत्रमा एसईईको उत्तरपुस्तिका परीक्षणलगायत अन्य कार्यहरुमा शिक्षकहरुलाई नखटाउन भनिएको छ । 

‘यस महानगरअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी विद्यालय समयमा एसईईको उत्तरपुस्तिका परीक्षण गर्नेलगायत अन्य कार्यहरुमा शिक्षकलाई नपठाउन र शिक्षकहरु समेत अन्यत्र कार्यमा संलग्न नहुन अनुरोध छ’, परिपत्रमा भनिएको छ । 

निर्देशन अटेरी गरेको पाइएमा प्रचलित ऐन, कानूनबमोजिम कारबाही हुने महानगरपालिकाले प्रष्ट पारेको छ ।
 

टिप्पणीहरू