नेपालमा बग्नसक्ने हावा

नेपालमा बग्नसक्ने हावा
सुन्नुहोस्

दक्षिणी हावाका कारण देशलाई नचाहिएको एउटा दुःखले घेर्दैछ !

भारतमा जारी आमचुनावमार्फत हालका प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमनमात्रै निश्चित छैन, देशलाई हिन्दू राष्ट्र घोषणा गर्ने तयारी पनि छ । त्यसैले उनले मुस्लिम समुदायसँगको सम्भावित टक्करलाई सामना गर्ने गरी राणनीति बनाइरहेको देखिन्छ ।

मामिला भारतसँगमात्रै सम्बन्धित छैन । यदि भारत हिन्दू राष्ट्र घोषित भयो भने त्यो हावाले नेपाललाई सीधै छुन्छ । र, यहाँ ठूलो दबाबका रुपमा उक्त विषय उपस्थित हुने सम्भावना रहन्छ ।

भारतीय राजनीतिक नेतृत्वले धर्मको मामिलालाई गिजोल्नुअघि नेपालमा एकजना पीठाधीशमार्फत त्यस्तो संकेत गरेको छ । गत साता सुनसरीको बराहक्षेत्रमा आयोजित १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा रामानन्दाचार्य सेवा पीठले शुरु गरेको संकटमोचन श्री हनुमद महायज्ञमा सहभागी हुन वैशाख ५ गते धीरेन्द्रकृष्ण शास्त्री आएका छन् ।

मध्यप्रदेशस्थित छतरपुर जिल्लामा अवस्थित धार्मिक तीर्थस्थल बागेश्वर धामका  पीठाधीश । उनी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्दै दलबलसहित बराहक्षेत्र पुगेका छन् । नेपालको तर्फबाट नेपाल प्रहरी र सशस्त्रले सुरक्षा दिइरहेको छ ।

उनले पारिबाटै कट्टरपन्थी हिन्दूवादी संस्था आरएसएससम्बद्ध पहलमानहरुको जत्था लएर आएका छन् । एउटा धार्मिक अनुष्ठानमा सहभागी हुनका निम्ति पहलमानहरु लिएर आउनुपर्ने त होइन । 

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू